शान्तिको ‘बिरानो शहरमा’ हमालको जीवन्त अभिनय (भिडियो)



काठमाडौँ। गजलकार शान्ति शर्माको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। गायक स्वरूपराज आचार्यको आवाज रहेको गीतमा सङ्गीतकार दीपक जङ्गमको संगीत रहेको छ। सार्वजनिक गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन समावेश छ । प्रेम, मिलन र बिछोडका विषयवस्तुलाई कलात्मक रूपमा उतारिएको भिडियोलाई निर्देशक निशान घिमिरेले निर्देशन गरेका हुन् ।

भिडियोमा राजेश हमाल, सर्जक स्वयं शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय रहेको छ। मुकेश हुमागाईँले खिचेको भिडियोलाई निर्देशक स्वयमले सम्पादन गरेका छन् ।