सुमिना घिमिरेले आफ्नो भरिएको बैंशालु जवानीलाई अप्रिल फूलमा उतार्ने (भिडियो)


april-fool-poster
(सेलिब्रेटी नेपाल) २९ जेठ-पछिल्लो समयमा ग्ल्यामरस छवि प्रस्तुत गर्दै र विभिन्न बिबादमा पर्दै आइरहेकी नायिका सुमिना घिमिरेले आफ्नो भरिएको बैंशालु जवानीलाई अप्रिल फूलमा उतार्ने भएकी छिन् । अप्रिल फस्टको कथावस्तुमा आधारित रहेर निर्माण गरिएको चलचित्र अप्रिल फूलले आज बुधबार प्रेसमिटको आयोजना गर्दै आफ्नो प्रोमो सार्वजनिक गरेको छ । असार ७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र अप्रिल फूलमा सानो एउटा ढँट्याइले पछिसम्म कस्तो प्रभाव पार्छ भन्ने विषयमा केन्द्रीत रहेको छ । भद्र भुजेलद्वारा निर्देशित चलचित्र अप्रिल फूलमा नायिका सुमिना घिमिरेको आकर्षक ग्ल्यामरस भूमिकाले पनि चलचित्रलाई अझ चर्चायोग्य बनाएको छ । कार्यकारी निर्माता विनोद लामिछाने चलचित्र पारिवारिक भएको बताए । चलचित्र अप्रिल फूल भए पनि दर्शकहरुका लागि अप्रिल फूल हुने हामीले बनाएका छैनौं भन्दै लामिछानेले सफा र मनोरञ्जक चलचित्र बनाएको दाबी गरे । त्यस्तै चलचित्रका निर्देशक भद्र भुजेलले आफूले सकेसम्म मेहनत गरेर चलचित्रलाई राम्रो बनाएको दाबी गरे ।

चलचित्रमा सुमिना घिमिरे, कुमार लामिछाने, मनोज लामिछाने, विनोद न्यौपाने, महिमा सिलवाल, देशभक्त खनाल, किरण न्यौपाने, सुनैना भुषाललगायतको अभिनय रहेको छ । चलचित्रमा दिपक शर्माको संगीत रहेको छ भने यस चलचित्रमा शिव रेग्मी, शान्तिप्रिय र दिपक शर्माको गीत रहेको छ । रामशरण उप्रेतीले छायाँकन गरेका छन् भने सूर्य ठोकरको द्वन्द्व निर्देशन रहेको यस चलचित्रलाई प्रकाश पुरीले पटकथा सम्वाद लेखेका छन् । मुस्कान ढकालको कथा रहेको यस चलचित्रलाई टिकाराम विष्टले निर्माण गरेका हुन् यस चलचित्रको प्रस्तुतकर्ता भने कमल एवं केशव लामिछाने रहेका छन् ।

हेर्नुस भिडियो >>>>>>>>>>>

sumina-april-fool