‘सरी मम’को छायांकन सुरु



काठमाडौँ। बिहिबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमा ‘सरी मम’को छायांकन सुरु गरिएको छ । क्यामेरा पुजा गर्दै थालिएको छायांकन अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए । निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुर्हुत सर्टको निर्देशन रञ्जीत रानाले गरेका थिए ।

विनोद लामाको प्रस्तुतीमा निर्माण हुने सिनेमामा सरिता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ । सिनेमाको सम्पुर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।

एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने सिनेमालाई नविन बोगटीले निर्देशन गर्दैछन् । उनले निर्देशनबाट निर्देशनमा डेव्यु गर्दैछन् । ३० को छायांकन सेड्युल राखिएको सिनेमालाई दीर्घ गुरुङले छायांकन गर्नेछन् । सामाजिक कथावस्तुमा निर्माण गरिने सिनेमा आगामी बर्षको दशैं र तिहारको बीचमा रिलिज गरिने निर्माता विनोद लामाले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.