जनयुद्धको पृष्ठभूमीमा ‘म हराएको छैन’ सार्वजनिक(भिडियो)



काठमाडौँ। गीतकार हरिहर खनियाको ‘म हराएको छै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द र सङ्गीत दुवै खनियाको रहेको छ । सन्तोष रुचालको स्वर रहेको गीतको म्युजिक भिडियोमा भूपेन्द्र ढकाल र सरिता दानकुटीको अभिनय रहेको छ ।

माओवादी जनयुद्धमा लागेकी महिलासँग नायकले बिहे गरेपछि उसले भोग्नुपरेको पीडा र विछोडको कथा भिडियोमा देखाउन खोजिएको छ । २० वर्षअघिको युद्धको पीडापछि पनि आफू नहराएको, बरु सहरको साँघुरो गल्लीको अग्लो घरको अँध्यारो कोठामा जीवन बिताइरहेको सूचना दिनका लागि गीतको सहारा लिइएको कथा म्युजिक भिडियोले प्रस्तुत गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.