युके बाट आयो अमिकाको ‘मन मनै त हो’ (भिडियो)



काठमाडौं । गायिका मेली राईको स्वरमा तयार भएको ‘मन मनै त हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लण्डनका युवा निर्देशक कुशल श्रेष्ठको छायाङ्कन, सम्पादन र निर्देशनमा रहेको म्यूजिक भिडियो एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो । लण्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको मोडल अमिका महत क्षेत्रीको ‘मन मनै त हो’का शब्द अर्जुन रत्न भिखारीका हुन् ।

सुनिल मास्केको संगीत, मेलिना राईको स्वर रहेको गीतमा लण्डनका विभिन्न रमणीय दृश्य समेटेर भिडियो बनाइएको छ । म्यूजिक भिडियोमा ध्रुब दत्त र अमिका महतको अभिनय रहेको छ । मिसेस नेपाल यूकेमा सहभागी अमिकाको यो डेब्यू प्रोजेक्ट हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.