सौगात र बर्षाको ‘लाखे’ ३१ भदौमा



काठमाडौँ। मल्टिस्टारर चलचित्र ‘लाखे’ आगामी ३१ भदौ प्रदर्शन हुने भएको छ । चलचित्रका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बितरकसँगको सल्लाहमा चलचित्रको रिलिज मिति भदौ ३१ जुरेको बताए । सम्राट बस्नेत निर्देशित चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ ।

महंगो बजेटमा निर्माण भएको बताइएको चलचित्रमा सौगात मल्ल, आर्यन अधिकारी,अनुप बिक्रम शाही,वर्षा राउत,सुशील सिटौला,अर्पण थापा,प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुन् । सुसन प्रजापतिले खिचेको चलचित्रका गीतमा दीपक बज्राचार्यको संगीत छ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा,सम्वाद आकाश बरालले लेखेका हुन् । अर्जुन जिसीले सम्पादन गर्ने चलचित्रको छायांकन हालै सम्पन्नभएको हो ।