राजको ‘आँशुको अर्थ’ मा राजु र सुनिशा (भिडियो)



काठमाडौँ। गायक राज सिग्देलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘आँशुको अर्थ’बोलको गीतमा जानुका लामिछानेको शब्द रचना तथा प्रभावन जेको संगीत रहेको छ। एक्सन स्टुडियो नेपालमा रेकर्ड भएको गीतका रेकर्डिस्ट कर्ण सन्ज्याल हुन्। प्रेम वियोगको गीतको भिडियोमा राजु खतिवडा र सुनिशा बजगाईं फिचर्ड छन्।

प्रभावन जेले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायाँकन तथा कृष्ण गौतमको सम्पादन रहेको छ। भिडियो डिएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।