एस डी र अस्मिताको ‘शिरमाथी शिरफूल’ मा आँचल र विज्ञान (भिडियो)



काठमाडौँ। म्युजिक भिडियो ‘शिरमाथी शिरफूल’ सार्वजनिक गरिएको छ । एस डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिकगरिएको छ । सार्वजनिक गीतको शब्द कृष्ण सुवेदीको रहेको छ भने लय सिर्जना गायक योगी कै रहेको छ । छवि लाल तामाङ (शिशिर) को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन् । मनोज कार्कीले भिडियोको सम्पादन गरेका छन् ।

भिडियोमा आँचल शर्मा र विज्ञानलाई फिचर गरिएको छ । भिडियोमा सुनिल छेत्रीको कोरीयोग्राफी देख्न सकिन्छ । भिडियोलाई प्रशान्त राज मालाकार र विज्ञानले मिलेर निर्माण गरेका हुन् ।