दोधारमा नपार्न गीतालाई पुष्पको आग्रह (भिडियो)



काठमाडौँ। विदेशमा रहेर पनि दर्जनौ श्रष्टाहरु नेपाली गीत संगीतमा सक्रिय छन् । अमेरिकामा रहेर गायनमा निरन्तर लागिरहेकी गायिका हुन् रानी शाक्य । रानीले दर्जनौ गीतहरु सार्वजनिक गरी सकेकी छिन् । रानीको स्वरमा समावेश नयाँ गीत ‘नपार दोधारमा’ सार्वजनिक गरिएको छ । रानी र रोशन बलुवाको स्वर रहेको यो गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ ।

गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल गीता ढुंगानालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । मदन खड्काको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो भिडियोमा विरेन्द्र भट्टको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । भिडियोमा पुष्प र गीताको जोडी जमेको छ । उनीहरु, एक अर्काको प्रेममा रमाइरहेको देख्न सकिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.