होलीको पूर्व सन्ध्यामा सुजाताको ‘खेलौं होली…’ (भिडियो)



काठमाडौं। होली अर्थात फागु पूर्णिमाको पूर्व सन्ध्या पारेर होली विशेष गीत ‘खेलौं होली’ सार्वजनिक गरिएको छ । यो रमाइलो गीतमा सुजाता केसी, राजेन्द्र बजगाइ तथा सबिन सुवेदीको स्वर सुन्न सकिन्छ ।

संगीतकार राजेन्द्र बजगाईंको शब्द, संगीत रहेको गीतको भिडीयोमा श्रीदेव भट्टराई, युनिसा वस्नेत, मोनिका श्रेष्ठ, रोयल प्रिन्स सिंहको साथमा संगीतकार बजगाईको पनि अभिनय रहेको छ । समय सान्दर्भिक भिडियोमा टंक केसीको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । शुसिल शर्माद्वारा निर्मित यो भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन । भिडियो सुजाता केसीको आफ्नै च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.