ऋचाको ‘कौसीद’जेठ २७ मा



काठमाडौँ। अभिनेत्री ऋचा शर्मा अभिनित चलचित्र ‘कौसीद’ ले जेठ २७ लाई प्रदर्शन मिति तोकेको छ । निर्माण युनिटले मंगलबार चलचित्रको एक अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

पोस्टरमा अभिनेत्री शर्मा पैसालाई अंगाल्दै गरेको देखिएकी छन् । वित्तिय ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने चलचित्र पैसाकै बिषयमा निर्माण भएको हो । कुमार भास्करको निर्देशन रहेको चलचित्रमा ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतको अभिनय देख्न सकिनेछ । केदार भुसालको निर्माणमा तयार भएको चलचित्रको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

निसाल पौडेलको छायाङ्कन, मित्र डि.गुरुङ र भिम विश्वकर्माको सम्पादन रहेको चलचित्र बड पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । चलचित्रको बितरण आरआर फिल्मस्ले गर्दैछ ।