सुगम र मिलनको ‘ह्याप्पी एनिभर्सरी’मा जीवन र लक्ष्मी (भिडियो)



काठमाडौँ। गायक सुगम पोखरेल र गायिका मिलन नेवारको स्वरमा ‘ह्याप्पी एनिभर्सरी’ बोलको गीत सार्वजनिक गरिएको छ । हरि लम्सालको संगीत रहेको गीतमा अमेरिका रहँदै आएका गीतकार तथा गायक कृष्ण केसीले शब्द कोरेका छन् । गीतमा कृष्णले एक जोडीको प्रेम, बिबाह उत्सवको रमाइलो पललाई उल्लेख गरेका छन् ।

भिडियोको निर्देशन रियल लाइफ जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराइले गरेका हुन् । भिडियोमा यही जोडीको अभिनय हेर्न सकिन्छ । वुद्ध थापाको छायांकन रहेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा अश्विनी बर्देवा, सागर दाहाल, गोपिकृष्ण ढुंगेल र सुष्मा बर्देवाको पनि अभिनय हेर्न सकिन्छ । भिडियो आफ्नो मन अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.