बस्नेतको निर्देशनमा ‘हाम्रो स्वर्ग’ बन्ने



काठमाडौं। निर्देशक शाेभित बस्नेतकाे निर्देशनमा चलचित्र ‘हाम्रो स्वर्ग’ बन्ने भएको छ । दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भुमिका रहने चलचित्रका लागी कलाकारको खोजी भइहेको छ । निर्देशक बस्नेतका अनुसार चलचित्रमा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ । कर्णाली प्रदेशक भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने चलचित्रले एउटा पृथक र वास्तविक कथा भन्ने निर्माण पक्षले जनाएकाे छ । चलचित्र कर्णाली प्रदेशका १० वटै जिल्लामा छायांकन गरिनेछ ।

एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने चलचित्रमा शान्ता शर्माको लगानी रहनेछ । चलचित्रमा नवदत्त न्यौपानकाे संगीत, रामकृष्ण बुड्थापाकाे कथा र रामजी मुख्य सहायक निर्देशक रहेका छन्। चलचित्रको छायांकन चैत्र अन्तिम साताबाट सुरु हुने बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.