नेत्रको हाँस्य टेलिसिरियल ‘ख्याल ठट्टा’



काठमाडौँ। टेली सिरियल निर्देशनमा सक्रिय निर्देशक नेत्र राउतको निर्देशनमा हाँस्य टेलिसिरियल ‘ख्याल ठट्टा’ नेपाल टेलिभिजनवाट प्रसारण आरम्भ भएको छ । ‘ख्याल ठट्टा’लाई दुर्गा वन्जाडेले निर्माण गरेका हुन । टेलिसिरियल ‘ख्याल ठट्टा’ मा मुकुन्द थापा, विनोद राई, नविना सिलवाल,नेत्र राउत,विनोद सुवेदी, दुर्गा वन्जाडे,सस्मिता गिरी, मुस्कान लामा,नवजंग थापा,हेम श्रेष्ठ आदीको मुख्य भूमिका अभिनय रहेको छ। पछिल्लो समय यु ट्युब च्यानलका लागि थुप्रै सिरियल बनि रहेको बेला ‘ख्याल ठट्टा’ ले आफ्नो छुट्टै पहिचान बनाउनेमा निर्माण टिम बिस्वस्त रहेको छ। ‘ख्याल ठट्टा’ एन स्क्वार यु ट्युब च्यानलबाट सार्वजनिक हुनेछ।