राज के गोस्वामीको ‘बादलहरु’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक राज के गोस्वामीको स्वरमा रहेको ‘बादलहरु’ बोलको गीति छोटो चलचित्र सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक उक्त भिडियोले उज्यालो बत्तिको कथा बोल्छ। बिजुली नभएको गाउँमा बिजुली बत्तिको लागी गरिएको एक उधाहरणलाई उत्कृस्ट ढंगले प्रस्तुत गरिएको छ। सुरक्षा पन्तको शब्द रचना रहेको गीतमा मानव सुबेदीको संगीत रहेको छ।

नेपाली टचको प्रस्तुति रहेको भिडियोको निर्देशन मानव सुबेदीले गरेका छन्। भिडियो सार्वजनिक कार्यक्रममा कुलमान घिसिङ्ग,राजेश हमाल,राजेश पायल राई,सुगम पोखरेल,शिव परियार,धर्मेन्द्र सेवान लगायत अतिथिहरुको उपस्थिति रहेको थियो। भिडियोमा सुरक्षा पन्त,राज के गोस्वामी,घनु जोशी लगायत कलाकारको अभिनय रहेको छ। सुशील सपाकोटाले छायाँकन गरेको भिडियोको सम्पादन निर्देशक सुबेदीले नै गरेका हुन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। कार्यक्रममा बोल्ने सम्पूर्ण व्यक्तित्वहरुले भिडियो र भिडियो मेकिङ्ग टिमको भरपुर प्रशंशा गरे।

Copyright © 2012 - 2026 | All Right Reserved.