सुरजको ‘पर्खि बसे’मा पुष्प र बिना (भिडियो)



काठमाडौं । गायक सुरज राईको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘पर्खि बसे’ बोलको गीतमा अमर कृति योञ्जनको शब्द रचना तथा सुरेश राईको संगीत रहेको छ। रिकेश गुरुङको संगीत संयोजन रहेको रोमान्टिक गीतको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्।

भिडियोमा पुष्प खड्का र बिना राउत फिचर्ड छन्। बुद्द थापाले छायाँकन गरेको भिडियोको सम्पादन बिकाश धमलाले गरेका हुन्। भिडियो मोक्तान डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.