‘कबड्डी ४’ गीतमा सौगात र मिरुना (भिडियो)



काठमाडौं। रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘केशरी’ बोलको गीतमा चलचित्रका मुख्य अभिनेता सौगात मल्ल र मिरुना मगरलाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीत अभिनेता मल्ललाई कृष्ण र मिरुनालाई राधाको भुमिकामा प्रस्तुत भएका छन् । सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा स्वर र राम अविरल बिष्टको शब्द रचना रहेको छ । गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । चलचित्र आगामी वर्षको जेष्ठ १३ गतेबाट नेपालभरका सिनेमा घरमा प्रदर्शन हुनेछ ।

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको पनि अभिनय छ ।

चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । चलचित्रका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.