युवराज र अनुष्काको ‘छुटे पछी त छुट्यो छुट्यो’ (भिडियो)


काठमाडौँ। ‘छुटे पछी त छुट्यो छुट्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । युवराज चौलागाईं र अनुष्का पाठकको स्वरमा रहेको नयाँ नेपाली गीतमा दिपिका रिमाल थापाको शब्द रहेको छ भने गायक चौलागाईंकै संगीत रहेको छ ।

भुषण दाहालले निर्देशन गरेको भिडियोमा अञ्जली अधिकारी र युवराज चौलागाईंको अभिनय रहेको छ । कुमार कटुवालको छायाकंन रहेको भिडियोको सम्पादक पदम तिमिल्सिनाले गरेका हुन् । भिडियो युवराज चौलागाईंको अफिसियल यु ट्युब च्यानल मार्फत गरिएको छ।