अभिनेता पुकारको लागी ‘पर्पला’ कोसेढुंगो



काठमाडौँ। नेपाली कला क्षेत्र तथा नेपाली कलाकारिताको मोहले जहाँ पुगे पनि छोड्दैन भने जस्तै लामो समय देखि अस्ट्रेलिया बस्दै आएका अभिनेता पुकार गौतम अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा रहेको छ। मनोज अधिकारीले निर्देशन गरेको चलचित्र ‘पर्पला’ को सम्पूर्ण छायाँकन अस्ट्रेलियामा सम्पन्न भएको हो। अस्ट्रेलियामा नै बसोबास गर्दै आएका गौतमले यस अघि चलचित्र ‘झिल्के’ र ‘ह्यापी न्यु इयर’मा काम गरेका थिए।

चितवनमा जन्मिएका गौतमले १० बर्ष अघि बिज्ञापनबाट कला क्षेत्रमा प्रवेश गरेका हुन्। उनले थुप्रै बिज्ञापन तथा तिन वटा चलचित्रमा काम गरि सकेका छन्। हरर जनराको चलचित्र ‘पर्पला बाट गौतम निकै नै आशावादी छन्। केहि समय अघि चलचित्र ‘पर्पला’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो। सेलिब्रेटी नेपाल संगको कुराकानीमा आफुले मेहनत गरे अनुसार चलचित्र राम्रो बनेको र ‘पर्पला’ को टिम राम्रो बनेको गौतमले बताए।

‘पर्पला’को प्रदर्शन पश्चात आफ्नो अभिनय क्षमतालाई मुल्यांकन गरेर अरु निर्माताहरुले आफुलाई अफर गरेमा समय मिलायर नेपाल आएर पनि काम गर्न सकिने उनले बताए। अस्ट्रेलिया रहेर पनि नेपाली कला क्षेत्रको मोहलाइ बिर्सन नसकेको उनि बताउछन्। रोमान्टिक जनरामा नै आफुलाई फिट लाग्ने उनि बताउछन्।

आफ्नो कामको समय मिलायर नियमित नेपाली चलचित्र हेर्ने गरेको उनि बताउछन्। निरन्तर नेपाली चलचित्रमा काम गर्ने उनको योजना रहेको छ। अस्ट्रेलिया नगई नेपालमा नै बसेको भए नेपाली कला क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान बन्न सक्थ्यो उनको। उनि आफ्नो दाजुबाट प्रभावित भएर कलाकारितामा लागेको बताउछन् । भबिस्यमा आफु पनि चलचित्र मेकिङ्गमा लाग्ने उनको योजना रहेको छ।

निर्माता तथा कलाकार भानु प्रतापको निर्माणमा बनेको चलचित्र ‘पर्पला’मा गौतमको साथमा निखिला बुढाथोकी,रोजी पन्त,अष्ट्रेलियन कलाकार ओल्गा तमरा लगायत कलाकारको अभिनय रहेको छ।

अस्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले छायाँकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन्। रबिन्द्र कुमार शर्मा,डम्बर बहादुर रसाइली,छबी अधिकारी सरोज कुमार वाइबा निर्माता रहेका छन्। सरस्वती गौतम,शृजना ल्वागुन,भिम राज रसाइली,वचन कुमार मल्ल चलचित्रको सह निर्माता रहेका छन्।

फोटो-प्रकाश भुषाल

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.