अभिनेता शाहद्धारा प्रहरीमा आत्मसमर्पण,हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद



काठमाडौं । अभिनेता पल शाहले तनहुँ प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी तनहुँको प्रहरीमा उनले आत्म समर्पण गरेका हुन् । पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी फरार थिए । आइतवार उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए ।

स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए । काठमाडौंमा युट्यूवरले तमासा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहुँमै आत्मसमर्पण गर्न चाहेका थिय । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.