लोकगायक तथा कलाकार जयनन्द लामाको निधन



काठमाडौँ। चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामाको बुधबार बिहान २ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राति सुतेका लामाको बिहान ओछ्यानमै निधन भएको हो। वि.सं. २०१३ सालमा सिन्धुपाल्चोक बाह्रविसेमा जन्मिएका लामाले लामो समय लोक गीतसंगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका थिए । उनका दर्जनाै गीत चर्चित छन् ।

करिब पाँच दशकको गायन यात्रामा उनले लोकगीत, दोहोरी, गीति नाटकमा समेत दुई सय गीत गाएका छन्। उनको ‘कलकत्ते काइँयो केश मेरो बांगो’ निकै लोकप्रिय गीत हो। चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँचुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना जस्ता गीत पनि चर्चित छन्। पछिल्लो समय अभिनयमा ब्यस्त लामा अभिनित फिल्म छक्का पन्जा सिरिज चर्चित छन् । २०३० सालमा ‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका लामाले सयभन्दा बढी फिल्ममा अभिनयमा गरेका छन्। उनको अभिनयमा हास्य चरित्र झल्कने गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.