अमृत र सुनिताको ‘मुसुरीको दाल’ मा सन्जिब र रुबिना(भिडियो)



काठमाडौँ। गायक अमृत खाती र गायिका सुनिता सुनेलको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मुसुरीको दाल’बोलको गीतमा शब्द बैकुण्ठ महतको र संगीत अमृत खातीको रहेको छ। लोक तथा दोहोरी गीतको भिडियोको छायाँकन मुकेश हुमागाईंले गरेका छन्। संजय ठकुरीले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोको सम्पादन मिन रावलले गरेका हुन्।

भिडियोमा सन्जिब ठकुरी र रुबिना अधिकारी फिचर्ड छन्। भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको भिडियोलाइ यु ट्युबमा दर्शक श्रोताले राम्रो प्रतिक्रिया दिएका छन्। गायक अमृत खातीले दर्शक श्रोताको प्रतिक्रियाले अझै हौशला बढेको बताए।