द्रिप चाम्लिङ्गको ‘बिरानो देश’ (भिडियो)



काठमाडौँ। कामको शिलशिलामा दैनिक थुप्रै नेपाली बिदेसिने गरेका छन्। दैनिक जीवनको गुजारा चलाउन आफ्नो घर, देश र परिवार छाडेर बिदेशिएका युवाहरुको आफ्नै पिर र व्यथा रहने गरेको छ। तीनै बिदेशिएका युवाको पिर र व्यथा समेटेर तयार पारिएको गीत सार्वजनिक गरिएको छ। परदेश गएका पति र स्वदेशमा रहेकी पत्नीको कस्तो मनोभाव र मनोदशा रहन्छ भन्ने कुरा गीतको अडियोमा स्पष्ट सुन्न सकिन्छ। गीतमा परदेशमा पुगेका एक युवाले आफ्नो देश र परिवार सम्झेर जीवन नै गुमाउने डर बीचमा बिताइरहेको जीवन दर्शाइएको छ।

द्रिप चाम्लिङ्गले लेखेका शब्दमा विश्व नेपालीको आवाज र सुरेश अधिकारीको संगीत रहेको छ। राजेश पूमा राईले निर्देशन गरेको भिडियोमा सनम कठायत र रोशनी कार्कीको अभिनय रहेको छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। भिडियो ड्रिप चाम्लिङ्गको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।