अस्मिता जुरेलीको ‘खोजे मैले मायालाई’ (भिडियो)



काठमाडौँ। अस्मिता जुरेलीको स्वर रहेको ‘खोजे मैले मायालाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । समीर मियाँको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो टंक बुढाथोकी युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा अस्मिता स्वयंमले अभिनय गरेकी छन् । गीतको अडियो तथा भिडियो निकै बलियो भएकाले दर्शकको मन जित्ने विश्वास अस्मिता जुरेलीलाई रहेको उनले बताइन । कोय दिलिपको शब्द तथा संगीत रहेको छ । सार्वजनिक भिडियोमा निर्देशक मियाँको कलर तथा भिएफएक्स, बबिन थापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।