बैशाख ९मा ‘लाइफ इन एलए’



काठमाडौँ। अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’को प्रदर्शन मिति घोषणा गरिएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भई सकेको चलचित्र नेपालमा भने बैशाख ९ गतेबाट प्रदर्शनमा आउनेछ । बुधबार चलचित्र निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

चलचित्रमा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्रमा एलिस कार्की र प्रतिक पौडेलको संगीत छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेकोचलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको चलचित्रमा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन, कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । निर्माण टिमले सार्वजनिक विज्ञप्ती अनुसार अमेरिका भन्दा पहिले नेपाल रिलिज लक्ष्य भएतापनि कोरोना महामारीका कारण ढिलो भएको उल्लेख गरेको छ ।