दिपक आचार्यको निर्देशनमा ‘कहानी एकादेशको’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘कहानी एकादेशको’ बोलको गीतमा दिपक सापकोटा ‘भान्जा’ को शब्द तथा संगीत रहेको छ। सार्वजनिक भिडियोले अन्तर जातीय प्रेम कथा तथा चेलीबेटी बेच बिखनको कथा बोल्छ।

भिडियोमा कलाकार सागर लम्सालले जिवन्त अभिनय गरेका छन्। फरक फरक कन्सेप्टमा काम गर्न रुचाउने निर्देशक तथा कलाकार दिपक प्रसाद आचार्यको निर्देशनमा बनेको भिडियो उत्कृस्ट बनेको छ। भिडियोमा सागर लम्सालको साथमा सुप्रिया खनाल,दिपक आचार्य संदेश लामिछाने,भावना आचार्य,शालिकराम भण्डारी,अर्जुन तिमल्सिना,अयुब बास्तोलाको अभिनय रहेको छ। पवन सुस्लिङ्गले छायाँकन गरेको भिडियोमा चन्दन दत्तको सम्पादन तथा कलर संयोजन रहेको छ। भिडियोको निर्माता दिपक भान्जा र सुष्मा गुरागाईं हुन्। भिडियो द प्रिमियर प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।