‘चिसो एस्ट्रे’ को ‘बाबापशुपति’ सार्वजनिक (भिडियो)



काठमाडौँ। चैत ४ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र‘चिसो एस्ट्रे’ले दोस्रो गीत सार्वजनिक गरेको छ । निर्माण युनिटले शिवरात्रीलाई लक्ष्य गरी सोमबारको दिनगीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा सविन राईको आवाज रहेको छ । पछिल्लो समय सांगीतिक दुनियाँबाट टाढा रहेका सविनले यही गीतबाट कमब्याक गरेका हुन् । उनले स्वर सुहाउँदो कम्पोजिसन र गीतको शब्दपनि रोचक रहेकाले गीतगाउन रमाइलो भएको प्रतिक्रियादिएका छन् । गीतमा संगीतअजर जंगमको रहेको छ भने शब्द रचनादिनेश पाल्पालीले गरेका हुन् ।

दिनेश पाल्पालीको निर्देशन रहेको चलचित्रको यसअघि ‘ड्रिम पाइरेसी’ बोलको गीत सार्वजनिक भइसकेको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् ।चलचित्रको सहनिर्मातामाभने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् । चलचित्रमा दिव्यदेव, नवीन लम्साल, निकुनश्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ ।