हुम्लाका जनताको यथार्थ कथा बोकेको ‘नुनको भारी'(भिडियो)



काठमाडौँ। हुम्लामा मोटर पुग्न सकेको छैन। भौगोलिक रुपमा बिकट जिल्ला हुम्लाको कथालाई समेटेर गायक बादल थापा मगरको स्वर तथा संगीतमा ‘नुनको भारी’बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। हुम्लाका जनताको आवाज बोल्ने भिडियोमा त्यहाँका जनताको दुख पिडालाई यथार्थ रुपले प्रस्तुत गर्न खोजिएको छ। लेखराज गिरीको शब्द रचना रहेको गीतले हुम्लाका जनताको यथार्थ बोकेको छ।

नेपाल सरकारको ध्यान त्यहाँका जनताको दुख पिडामा पनि पुग्न सकोस भन्ने उदेश्यले यो भिडियो निर्माण गरिएको निर्माण टिमले बताएको छ। बिनय पौडेलको निर्देशनमा बनेको भिडियोले कर्णाली बासीको दुख बोकेको छ। भीमसेन कल्याल ठकुरीले छायाँकन गरेको भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन्। लक्ष्मण देवकोटा र सरस्वती खत्रीको जिवन्त अभिनय रहेको भिडियो गायक बादल थापाको आफ्नै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।