बिबेक र पार्वतीको ‘फूल फुल्यो’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक बिबेक चौलागाईं र गायिका पार्वती कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।’फूल फुल्यो’बोलको गीतमा साजन पराजुलीको संगीत र श्याम धितालको शब्द रचना रहेको छ। शंकर बिसीले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा दुर्गा पौडेलको छायाँकन र नबिन घर्तिको सम्पादन रहेको छ। सार्वजनिक लोक तथा दोहोरि गीतको भिडियोमा शंकर बिसी र सविता राई फिचर्ड छन्। भिडियो डिएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.