ओफा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड


maha-jodi-ofa
(सेलिब्रेटी नेपाल) २६ जेठ-‘ओफा अवार्ड २०७० ‘मा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ द्धारा सम्मानीत गरिएको छ।। उनीहरूलाई चलचित्रकर्मी निर शाह, यादव खरेल लगायतले ट्रफी, ताम्रपत्र, माला र खादाले सम्मान गरे।आईतबार जमलस्थित राष्ट्रीय नाचघरमा पहिलो पटक आयोजना भएको समारोहमा मह जोडीले आफुलाई समग्र चलचित्र क्षेत्रले सम्मान गरेको धारण राख्दै आफूहरुलाई उमेर छिप्पिएको भान भएको बताए।
jiwan rajesh
अनलाइन पत्रिका फिल्मीखबर डटकमले आयोजना गरेको कायक्रममा १३ विधामा अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा नायक जीवन लुइटेल पपुलर एक्टर घोषित भए। त्यस्तै स्क्रिप्ट राईटरमा विकास आचार्य, निर्देशकमा सुरज सुब्बा नाल्बो, नव निर्देशक प्रविध स्याङ्बो, नव नायीका प्रियंका कार्की, नवनायक संयम पुरीले आ-आफ्नो बिधामा पपुलर अवार्ड हात पारे।

चलचित्र रिदम,संगीतकार बसन्त सापकोटा, सम्पादक विपिन मल्ल, द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, छायाकार सञ्जय लामा समेतले पपुलर अवार्ड हात पारे। त्यस्तै चलचित्रको सफलतामा हलवालाको महत्वपूर्ण भूमिका हुने भन्दै अष्टनारायण हललाई एक्जिविटर अफ दि इयर अवार्ड प्रदान गरिएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.