पललाई ‘तिमि संगै’ भन्दै प्रमिला (भिडियो)



काठमाडौँ। गायिका मेलिना राई र गायक प्रदिप कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘तिमि संगै’ बोलको सेन्टिमेन्टल गीतमा डम्बर बिकेलको शब्द रचना रिमेश कुमारको संगीत रहेको छ। भिडियोमा पल शाह प्रमिला क्षेत्रिको अभिनय रहेको छ। भिडियोमा पल र प्रमिलाको जोडी जमेको छ।

सुरेन्द्र बसेलले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा छायाँकन बुद्द थापा र सम्पादन नबिन निरौलाको रहेको छ। दर्जन भन्दा बढी भिडियोमा काम गरि सकेकी मोडल प्रमिला यो भिडियो दर्शक श्रोताले मन पराउनेमा बिस्वस्त छिन्। भिडियो एसआरसी फिल्म्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.