स्वस्तिमाको ‘चिसो मान्छे’ असार ३ मा



काठमाडौँ। चलचित्र ‘चिसो मान्छे’ बैशाख ३० गतेबाट प्रदर्शनमा नआउने भएको छ । मन्त्रिपरिषद बैठकले यही मितिमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि निर्माण टिमले चलचित्रको प्रदर्शन मिति एक महिना पछाडि सारेर असार ३ मा पुर्‍याएको छ । चलचित्रको नयाँ प्रदर्शन मिति घोषणासँगै अभिनेत्री स्वस्तिमा खड्काको लुक्स पोस्टर पनि सार्वजनिक गरिएको छ ।

पोस्टरमा स्वस्तिमा अहिलेसम्मकै भिन्न लुक्समा देखिएकी छन् । उनलाई एकै पटकमा ठम्याउन समेत मुश्किल पर्छ । रातो फरिया बेरेकी उनले बाउला च्यात्तिएको पुरानो चौबन्दी चोली लगाएकी छन् । घाँटीमा पहेँलो रंगको पोते, नाकमा साधारण बुलाकी र निधारमा रातो रंगको टीका लगाएर देखिएकी उनको अनुहारको भावले थकान, निराशा, चिन्ता, पीडा, दुःख लगायत धेरै कुरा भन्छ ।

शर्मिला पाण्डेको लगानीमा निर्माण भएको चलचित्रमा स्वस्तिमाका अलावा अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको निर्देशन, कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र के. खनालको हो । ‘