डम्बरको गीतमा आकाश र अन्जली (भिडियो)



काठमाडौं। नेप्सिनेको प्रस्तुतीमा नेपाली गीत ‘किन यसरी’को भिडियो सार्वजनिक गरिएको छ । डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत तथा स्वर रहेको यस गीतको भिडियोका निर्देशक विधान कार्की हुन् । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल अन्जलीअधिकारीको अभिनय रहेको छ ।

गीतमा लामो समयपछि भेट भएकी प्रेमिका प्रति पोखिएका गुनासाहरुलाई समेटिएको छ । गायक खनाल हाल अमेरिका बस्दै आएका छन् । उनले हालसम्म छ वटा गीतमा संगीत भरेका छन् । ति गीतहरु क्रमैसँग रिलीज गर्ने उनले बताए । ‘म एक भुटानी कम्युनिटीको अमेरिकामा बस्दै आएको नेपाली हुँ । गीत संगीतमा सानैदेखिको रुचि थियो । यसअघि भुटानका गतिविधी समेटेर ‘नरोईदेउन मेरी आमा’ बोलको गीत रिलीज गरेको थिएँ । साथीहरुबाट नेपाली गीत संगीतमा केहि गर्न सक्छस् भनेर दिएको हिम्मतबाट यो गीत ‘किन यसरी’को जन्म भएको हो,’ खनालले बताए ।

यो गीतको दोश्रो भाग पनि छिट्टै आउने बताईएको छ । भिडियोको अन्त्यमा पनि यसबारे जानकारी दिईएको छ । मनिषा पोखरेलले कला निर्देशन गरेको यस भिडियोका छायाँकार हरी हुमागाईँ हुन् भने बिकास दाहालले सम्पादन गरेका छन् ।