फागुन १ गतेदेखि फिल्म हल खोल्न सीसीएमसीसीकाे सिफारिस



काठमाडौँ। सरकारले हाल बन्द अवस्थामा रहेको फिल्म हलपनि खुलाउने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न आइतबार बसेकाे सीसीएमसीसीकाे बैठकले सिफारिस गरेको हो । यसअघि कोरोना संक्रमण बढ्दै गएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले हल बन्द गराएको थियो । हल बन्द हुँदा प्रदर्शनको क्रममा रहेका नेपाली चलचित्रहरु प्रभावित बनेका छन्। प्रदर्शन मिति तोकेर प्रचार प्रसार समेत सुरु गरेका चलचित्रहरुको प्रदर्शन मिति सर्दा निर्माता मारमा परेका छन्।

माघ २३ गते लाई प्रदर्शन मिति तोकेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ र माघ २८ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘मन्त्र’ दुवैको प्रदर्शन अन्योल बनेको छ। अब सिनेमा हल खुले संगै नेपाली चलचित्रले पनि आफ्नो प्रदर्शन मिति तोकेर अघि बढ्नेमा निर्माता तथा निर्देशक आशाबादी बनेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.