सरानाको ‘मिठो बोली’ मा निराजन र उषा (भिडियो)



काठमाडौं। गायिका सराना श्रेष्ठको स्वरमा नयाँ गीत ‘मिठो बोली’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दीपक शर्माको शब्द र संगीत तथा राजेन्द्र बजगाईंको एरेञ्ज छ । गीतको भिडियोमा निराजन प्रधान, उषा उप्रेती र सराना श्रेष्ठको अभिनय छ ।

श्रीमतीले आफ्नो श्रीमानबाट सधैँ राम्रो व्यवहार र मीठो बोलीको अपेक्षा राखेको भिडियोमा देख्न सकिन्छ । तर यो अपेक्षा विपरित श्रीमानले सधैं उनलाई बेवास्ता गर्छन् । पछि भने उनले श्रीमतीलाई दिएको दुख र व्यस्त हुँदा गरेको हेलाबाट आफूलाई पछुतो भएको भिडियोमा दर्शाइएको छ ।

भिडियोमा रमेश थापाको सम्पादन, प्रविण मानन्धरको कलर, सुरेन्द्र बसेलको कोरियोग्राफी, हरि हुमागाईंको छायांकन र सराना श्रेष्ठकै निर्देशन छ । भिडियो हाई वेभ इन्टरटेनमेन्ट युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।