‘परस्त्री’मा कोशिसको जोडी बन्दै शिल्पा



काठमाडौं। सुरज पाण्डेको डेव्यु निर्देशन रहने चलचित्र ‘परस्त्री’को मुख्य भुमिकामा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । चलचित्रमा उनले अभिनेता कोशिस श्रेत्रीसँग अनस्क्रीन रोमान्स गर्नेछिन् । कोशिस चलचित्रको मुख्य भुमिकामा यसअघि नै फाइनल भैसकेका थिए ।

चलचित्रको मुख्य भुमिकाको लागि अझै एक अभिनेता र अभिनेत्रीको खोजी भैरहेको निर्माता तथा लेखक दीपेन्द्र कुमार खनालले बताए । छिटै सिनेमाको मुख्य कलाकार छनोट कार्य सकेर वर्कसप गरिने निर्माता खनालको भनाई छ । हाल धमाधम सिनेमाको प्रि-प्रोडक्सनको काम भैरहेको छ ।

फागुन तेस्रो साताबाट फ्लोरमा जाने चलचित्र नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण गरिनेछ । डिएस डिजिटलको व्यानरमा निर्माण गरिने चलचित्रकी प्रस्तुतकर्ता शर्मिला पाण्डे हुन् । चलचित्र निरज कँडेलले छायांकन गर्नेछन् ।

निर्देशक खनालले निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्माण गरेको सिनेमा ‘चिसो मान्छे’ प्रदर्शनको तयारीमा छ । यो सिनेमा आगामी वर्षको बैशाख ३० गतेबाट प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.