रवी गहतराजको नयाँ गीत भिडियो सार्वजनिक



काठमाडौँ। गायक रवी गहतराजको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेक इट लार्ज’बोलको गीतमा धिर बिक्रम सिंहको शब्द र संगीत रहेको छ। रुपेश थापाको छायांकन र निर्देशन रहेको भिडियोमा दिपक घिमिरे र युषा मगर फिचर्ड छन्। पप शैलीको गीताको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन्। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियो म्युजिक नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।