युकेबाट आयो ध्रुव र रोशनाको ‘बलेको आगो’



काठमाडौँ। गायक राजकुमार सिंहले ‘बलेको आगो’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बेलायतका बिभिन्न रमणीय स्थलमा छायांकन भएको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका हुन् ।

भिडियोमा अभिनेता ध्रुव दत्त, रोशना कार्की र दुर्गा सिंहको अभिनय छ । प्रेमी–प्रेमीकाबीचको सम्बन्धमा आउने असमझदारी र त्यसले दिने पीडालाई प्रस्तुत गरिएको भिडियोको छायांकन तथा सम्पादन सुमन श्रेष्ठले गरेका हुन् । केशब बैरागी काइँलोको शब्द र सुनील राईको संगीत रहेको छ। भिडियो आरडिआर इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।