सुदर्शनको रोमान्टिक लभ स्टोरीमा परे नायक आर्यन


aaryan sigdel cbn
(सेलिब्रेटी नेपाल) २५ जेठ-मेरो एउटा साथी छ, ‘के यो माया हो तथा धन्दा निर्देशन गरि सकेका सुदर्शन थापाले मेरो एउटा साथी छ बाट जति चर्चा पाएका थिए त्यति चर्चा पछिल्ला दुइ चलचित्र बाट पाउन सकेनन। फ्राईडे फिल्सको व्यानरमा बाबुराम दाहाल र निर्देशक थापाको संयुक्त लगानीमा नयाँ चलचित्र ‘मधुमाश’को काठमाडौँमा एक कार्यक्रम गरि घोषणा भएको छ। रोमान्टिक लभ स्टोरी कथामा बन्न लागेको चलचित्रको सुटिङ यहि जेठ महिनाको अन्त्यबाट शुरू गर्ने बताईएको छ । चलचित्रमा सुरेश अधिकारीको संगीत, दीपक बज्राचार्यको छायाँकन र हिमाल केसीको द्धन्दनिर्देशन रहनेछ।

‘मधुमाश’मा आर्यन सिग्देल र पुजा शर्माको जोडी देख्न पाइने छ। धन्दामा आर्यनको अभिनय नदेख्दा सुदर्शन र आर्यनको सम्बन्धका बारेमा नै धेरै चर्चा सुन्नमा आयो। कार्यक्रममा बोल्दै नायक आर्यन सिग्देलले टेलीचलचित्रमा काम गर्दा देखिको सुदर्शन सँगको मित्रता गाढा रहेको र आफु हरु सँधै सँगै रहेको बताए। चलचित्रमा आर्यन र पुजाका अलावा मनोज आरसी र सिवांगिनी राणाको पनि अभिनय हेर्न पाइने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.