बिश्व गौडेलको ‘मुना तिमी घर जाउ’ सार्वजनिक (भिडियो)



काठमाडौं। बिश्व गौडेलको शब्द रचनामा दिपक शर्माको स्वर तथा संगीत रहेको गीत ‘मुना तिमी घर जाउ’को भिडियो सार्वजनिक गरिएको छ । चलनचल्तीको गीत भन्दा भिन्न लाग्ने यस गीतको भिडियो पनि गीतको कथा अनुसारकै रहेको छ ।

गीत र भिडियोले परदेश गएको आफ्नै साथीकी श्रीमतीसँगको सम्बन्ध र त्यसबाट निम्तिने घटनालाई देखाईएको छ । ऋषि बरालले निर्देशन गरेको भिडियोमा जिबि चिरन, दिपेश परियार र मनिषा ओझाको अभिनय रहेको छ । गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन् ।

यस गीतको अडियो तथा भिडियो प्रोडक्शन ब्लेक ब्रोज इन्टरटेन्मेन्टले गरेको छ । प्रोडक्शन टीममा ब्लेक गौडेल, ब्रेनन गौडेल र सन्ध्या थापा रहेका छन् । प्रविन घिमिरेले छायांकन गरेका छन् भने बिनोद बमले सम्पादन तथा कलर ग्रेडिंग गरेका छन् ।