क्षितिज र स्वेच्छाको ‘करोडौँमा’ आर्यन र रुबिना (भिडियो)



काठमाडौँ। गायक क्षितिज सापकोटा र गायिका स्वेच्छा ठकुरीको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘करोडौँमा’ बोलको गीतमा शब्द रचना गायक स्वयम् क्षितिज सापकोटाको रहेको छ भने संगीत अर्जुन पोखरेलको रहेको छ। परदेशमा रहेर पनि निरन्तर नेपाली गीत संगीतमा सक्रिय क्षितिज सापकोटाको यस अघि चाहिंदैन ‘तिमि बिनाको सुनैको दरबार’ले दर्शक श्रोताको राम्रो माया पाएको थियो।

सार्वजनिक भिडियोमा शिशिर खातीको निर्देशन आरजु बैजुको कोरियोग्राफी रहेको छ। भिडियोमा आर्यन सिग्देल र रुबिना थापा फिचर्ड छन्। रबिन्द्र बरालले छायाँकन गरेको भिडियो उत्कृस्ट बनेको छ। मनोज कार्कीले सम्पादन गरेको भिडियोमा राजेन्द्र मोक्तानको कलर संयोजन रहेको छ। भिडियो फोरबि इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। यस अघिका गीत जस्तै यो गीतलाइ पनि संगीत प्रेमी दर्शक श्रोताले मन पराउनेमा गायक सापकोटा बिस्वस्त छन्।