पुष्प र स्मारिकाको ‘तिमीसँग माया’ (भिडियो)



काठमाडौं । गायक धिरेन लामाको स्वरमा नयाँ गीत ‘तिमीसँग माया’ भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा लामाको आफ्नै शब्द, संगीत रहेको छ। पछिल्लो पुस्ताका दर्शक तथा श्रोताको चाहनालाई लक्षित गरेर बनाईएको यस गीतको एरेञ्ज अमृत ल्वागुनले गरेका छन् भने डिका गुरुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोमा पुष्प खड्का र स्मारिका दाहालले स्क्रिन शेयर गरेका छन्। निर्देशक निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायाँकन तथा विकास धमलाको सम्पादन रहेको छ ।

गीतकार, संगीतकार तथा गायक समेत रहेका लामाले आफूले सबै उमेर समूहका दर्शक तथा श्रोताको भावना बुझेर यो गीत बनाएको बताए । भिडियो जिन्ग्मे मिडियाको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।