‘को होला त्यो २’ को फिमेल भर्सनमा पल र कृष्टिना (भिडियो)



काठमाडौँ । गायक सुनिल गिरीको नयाँ गीत ‘को होला त्यो २’ को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी’को भिडियो सार्वजनिक गरिएको छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द, संगीत गायक गिरीकै रहेको छ भने गायिका सुमन गुरुङको स्वर रहेको छ । गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । पल शाह र कृष्टिना थापाको अभिनय रहेको भिडियोमा प्रेमीकाले आफुले औधी माया गरेका प्रेमीको पर्खाइ र सम्झानामा बितेका दिनहरुलाई निर्देशक अनिल के मानन्धरले गज्जबसँग प्रस्तुत गरेका छन् ।

नयाँ नयाँ लोकेशनमा आफ्ना एक पछि अर्को भिडियोहरु छायांकन गर्दै सार्वजनिक गरि रहेका गायक गिरीले ‘तिमी आउँछौ की’मा दर्शकले बिल्कुलै नयाँ स्वाद पाउने बताए । भिडियोको छायांकन पनि निर्देशन अनिल के मानन्धरले नै गरेका हुन् भने सम्पादन र कलरिगं मनोज कार्कीले गरेका हुन् ।