जनवादी गायक शर्मा र अभिनेत्री खड्कालाई कोरोना संक्रमण



काठमाडौं । जनवादी गायक जीवन शर्मा कोरोना संक्रमित भएका छन् । संक्रमण पुष्टि भएपछि केही दिनदेखि आफू होम आइसोलेसनमा बसिरहेको शर्माले जनाएका छन् । उनलाई कोरोना पुष्टि भएको भने झण्डै एक साता भैसकेको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको र अहिले होम आइसोलेसनमा आराम गरिरहेको उनले बताए ।

उनलाई केही दिन निकै गाह्रो भएको थियो । ‘शरीर दुख्ने, ज्वरो आउने, खोकी लाग्ने गरेको थियो । ३÷४ दिन त निकै गाह्रो बनायो’ उनले मंगलबार भने ‘अहिले सुधार भएको छ । फ्रेस महशुस गरेको छु ।’ यता, अभिनेत्री श्वेता खड्कालाई पनि कोरोना र्संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोना पोजेटिभ देखिएको अभिनेत्री श्वेताले मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.