बन्दना र पवनको ‘निष्ठुरी माया’मा नम्रता (भिडियो)


काठमाडौँ। गायिका बन्दना मैनाली र गायक पवन पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘निष्ठुरी माया’मा पवन पौडेल र जनक राज सापकोटाको शब्द रचना तथा पवन पौडेलको संगीत रहेको छ। जीवन शाहीले निर्देशन गरेको भिडियोमा नम्रता अर्याल,सुनिता गिरि र पवन पौडेल फिचर्ड छन्।

दिपेन बस्न्यातले छायाँकन र सम्पादन गरेको गीतको भिडियो गायिका बन्दना मैनालीको आफ्नै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।