सुन्तली र बलेको ‘जाला जोबन’ (भिडियो)


काठमाडौँ। गायक रेवती घिमिरे र गायिका समिक्षा अधिकारीको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘जाला जोबन’ बोलको सार्वजनिक गीतमा संगीत राजेन्द्र बजगाईं र शब्द संगीता घिमिरेको रहेको छ।

सार्वजनिक भिडियोमा कलाकार कुन्जना घिमिरे ( सुन्तली) र सागर लम्साल (बले) फिचर्ड छन्। गम्भीर बिस्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा नवराज उप्रेतीको छायाँकन र नबिन निरौलाको सम्पादन रहेको छ। भिडियो धुर्मुस सुन्तली नामक यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।