इनास अष्ट्रेलियाको अध्यक्षमा मनोज अधिकारी



काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलियाको गत बुधबार सम्पन्न बैठकले चलचित्रकर्मी मनोज अधिकारीलाई चौथो अध्यक्षका रूपमा सर्वसम्मत चयन गरेको छ । अधिकारी इनास अष्ट्रेलियाको निवर्तमान समितीमा बरिष्ठ उपाध्यक्ष रहेका थिए । अष्ट्रेलियामा रहेका अधिकारी सन २०१० देखी निरन्तर रुपमा नेपाली चलचित्रको प्रवर्दनमा सक्रिय छन । ‘ऋतु’, ‘पर्पला’ लगायत चलचित्र निर्देशन गरेका अधिकारीले ‘गर्ल एडिक्टेड’ नामको हलिवुड चलचित्र समेत निर्देशन गरेका छन् ।’दोख’,’सुनकेसरी’ लगायतका चलचित्र निर्माण समेत गरेका अधिकारी अष्ट्रेलियामा चलचित्र, म्युजिक भिंडियों, छोटा चलचित्र निर्माण, कार्यक्रम आयोजनामा ब्यस्त हुने गरेका छन्।

इनासका ग्लोवल प्रवक्ता एवं इनास अष्ट्रेलियाका संस्थापक अध्यक्ष रामकृष्ण निरौलाले समन्वय गरेको जुम बैठकमा ग्लोवल समितिका प्रतिनिधिहरू समेतको सहभागीता रहेको थियो । बैठकमा ग्लोवल संरक्षण एवं कार्यबाहक अध्यक्ष कमला दाहाल, ग्लोवल बरिष्ठ उपाध्यक्ष रामचन्द्र थापा, एसिया प्रशान्त क्षेत्रीय संयोजक शुशिल चालिसे, इनास अष्ट्रेलियाका पूर्व अध्यक्ष इश्वर पोखरेल, इनास अष्ट्रेलियाका निवर्तमान अध्यक्ष विकास शर्मा पोखरेल, इनास अष्ट्रेलिया उपाध्यक्ष मिलन दाहाललगायतले इनास अष्ट्रेलियाले बिगतमा गरेका काम र भाबि कार्यदिशाबारे आफ्ना धारणा राखेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.