मनोज राजको ‘म मरे भने’ मा आमेश र इन्दु (भिडियो)



काठमाडौँ। गायक मनोज राज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘म मरे भने’बोलको मार्मिक गीतमा शब्द भरत बाबु केसीको र संगीत मनोज राजकै रहेको छ। कृष्ण पौडेलले निर्देशन गरेको भिडियो गीतको शब्द अनुसारको भावुक बनेको छ।

सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन्। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोमा आमेश भण्डारी,इन्दु दनुवार,मिलन दाहाल र अशोक रोक्का फिचर्ड छन्। भिडियो इन्दु दनुवार अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।