सपनाको पाइरेसीको कुरा ‘चिसो एस्ट्रे’को ‘ड्रिम पाइरेसी’ सार्वजनिक



काठमाडौँ। हामी यस्तो समयमा बाँचेका छौँ जहाँ हाम्रा सपना पनि मौलिक छैनन् । हामीअरुले बाँचिरहेका सपनापूरा गर्ने दौडमा छौँ । हामीले बाँचिरहेका यस्तै असंगत सपनाको कथामा बनेको फिल्म ‘चिसो एस्ट्रे’ को गीत सार्वजनिकभएको छ । ‘ड्रिम पाइरेसी’बोलको गीतले यस्तै पाइरेटेड सपनाहरूको कुरा गर्छ । बिहीबारअस्कर इन्टरनेसनल कलेजका विद्यार्थीबीच गीत सार्वजनिक गर्दै गीतका गायक तथा संगीतकार अजर जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए ।

‘हामीअहिले ग्लोबभिलेजमा छौँ जहाँहामीले देख्ने सपनासमेत आयातित छन् । फिल्ममाचरित्रले यस्तै सपना देख्छन् जुनआफैँमा मौलिकहोइनन् । निर्देशक दिनेश पाल्पालीले फिल्मकाचरित्रलाई खिपेर शब्द लेख्नु भएको थियो जसलाई मैले संगीत र स्वरद्धारा अभिव्यक्त गर्ने कोशिस गरेको छु,’ अजरले भने ।
फंकशैलीको गीतमा परम्परागतफिल्ममा जस्तो कलाकार देखिन्नन् । बरु युवा पुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्माआदिलाई एनिमेसन गरी देखाइएको छ ।

चैत ४मा सार्वजनिकप्रदर्शनमाआउनलागेको फिल्मलाई दिन्शपाल्पालीले निर्देशन गरेका हुन् । फिल्मले आधुनिकबन्नखोज्दाआफैंलाई गुमाउनपुग्ने चरित्रको कथा पेस गर्छ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्मयहीदर्शनमा केन्द्रित रहेको छ,’ गीत सार्वजनिककार्यक्रममाफिल्मकानिर्माता महेशबाबु तिमल्सिनाले भने ।

उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममाउज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् । कंगारु क्रिएसन र लोकलसिनेमाको संयुक्तब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह–निर्मातामाभने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।