थानेश्वर र समिक्षाको ‘पिरतीको पाइला’ भिडियो



काठमाडौँ। गायक थानेश्वर गौतम र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको गीत भिडियो सार्वजनिक गरिएको छ। ‘पिरतीको पाइला’ बोलको मार्मिक गीतलाई दर्शक श्रोताले मन पराएका छन्। देवांशी इन्टरटेन्टमेन्टको अफिसियल च्यानलबाट गत हप्ता सार्वजनिक गरिएको भिडियोले एक लाख एघार भन्दा बढी भ्युज पाएको छ ।

प्रभा बर्तौलाको शब्द रहेको सार्वजनिक गीतमा संगीत थानेश्वर गौतमकै रहेको छ । भिडियोमा बीना राउत, विजय पुन, जीबी चिरन र लीला केसीको अभिनय रहेको छ । कलाकार लिला केसीले भिडियोबाट पाएको प्रतिक्रियाबाट आफु खुसि रहेको र अझै अन्य भिडियोहरुमा काम गर्दै जाने बताइन।